Jagaran News

प्रस्तावित प्रधानन्यायाधीश मिश्रविरुद्ध चार उजुरी

काठमाडौं, भदौ २१ ।  प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्ध संसदीय सुनुवाइ समितिमा चार उजुरी दर्ता भएका छन्। समितिले १० दिनको समयसीमा तोकेर उजुरी आह्वान गरेको थियो। उक्त समयसीमा हिजाे सकिएको हो।

प्रश्नपत्र आउट गर्ने भट्टराईले दिए राजीनामा

काठमाडौं, भदौ २१ । त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकायको स्नातक तह पहिलो सेमेस्टरको प्रश्नपत्र आउट गर्ने प्राध्यापक होमनाथ भट्टराईले विभागीय प्रमुखबाट राजीनामा दिएका छन् । एमएड साइकोलोजी र शिक्षाको आधार विषयको प्रश्नपत्र

त्रिविमा ४ वर्षमा अढाइ लाख विद्यार्थी घटे

काठमाडौं, भदौ २१ । त्रिभुवन विश्वविद्यालयमा चार वर्षमा झन्डै साढे दुई लाख विद्यार्थी घटेका छन् । ०७२ मा आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा गरी ६ लाख ४ हजार ४ सय ३७

साफ च्याम्पियनसिप: नेपालले आज भुटानसँग खेल्दै, नेपाललाई जित्नैपर्ने दबाब

काठमाडौं, भदौ २१ । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज भुटानसँग खेल्दैछ । बंगलादेशमा जारी प्रतियोगिताको सेमिफाइनलमा प्रवेशका लागि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । खेल

मलेसियामा श्रमिकको तलव बढ्दै

काठमाडौं, भदौ २१ । मलेसियन सरकारले कामदारको न्यूनतम तलब बढाउने घोषणा गरेको छ । न्यूनतम तलब बढ्दा त्यहाँ कार्यरत नेपाली कामदार पनि प्रत्यक्ष लाभान्वित हुनेछन् । आउँदो जनवरी १ देखि

प्रचण्ड आज भारत जाँदै, फर्किएलगत्तै चीन जाने

काठमाडौं, भदौ २१ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल आज भारत भ्रमणमा जाँदैछन् । उनको सचिवालयका अनुसार उनी दिउसो तीन बजे भारत प्रस्थान गर्नेछन् ।

टिपरको अर्को आतंकः फेरि लियो दाजुभाईकै ज्यान !

काठमाडौं, भदौ २१ । बालुवा बोकेको अनियन्त्रित टिपरले हिर्काउदा पुर्वपश्चिम राजमार्गको धारापानीमा दाजुभाईको मृत्यु भएको छ । मोटरसाईकलमा यात्रारत दाजुभाईलाई तीव्र गतिमा रहेको टिपरले किचेको थियो । उदयपुरको त्रियुगा नगरपालिका

खोसियो विद्यार्थीको खाजा ! नदिने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, भदौ २१ । २०६७ सालदेखि प्राथमिक तहका विद्यार्थीलाई दिइँदै आएको दिवाखाजा कार्यक्रम मन्त्रिपरिषदले कटौती गर्ने निर्णय गरेपछि १३ लाख बालबालिका प्रभावित हुने भएका छन् । २०५२ देखि चलिरहेको राष्ट्रसंघीय

यस कारण दिए गरिबी निवारण कोषका उपाध्यक्ष थापाले राजीनामा

काठमाडौं, भदौ २१ । गरिबी निवारण कोषका उपाध्यक्ष यामबहादुर थापाले राजीनामा दिएका छन् । राजीनामा पत्रमा घरायसी कारणले कोषमा काम गर्न नसक्ने उल्लेख गरिएपनि विवादमा तानिएपछि राजीनामा दिएका हुन् ।

६० करोडको कम्पनी नै कर्मचारीको नाममा, चार कर्मचारीसहित १२ पक्राउ !

काठमाडौं, भदौ २१ । कम्पनी रजिस्ट्रारको कार्यालयले मालिकलाई थाहै नदिई करिब ६० करोड रुपैयाँबराबरको कम्पनी पूर्वकर्मचारीको नाममा सारिदिएको छ । नक्कली कागजपत्रका आधारमा कम्पनी रजिस्ट्रारका कर्मचारीले भारतीय व्यवसायी रामनिरञ्जन जटियाको शंकर

प्लेनले लिने भाडाभन्दा काठमाडौंमा ट्याक्सी भाडा महँगो !

काठमाडौं, भदौ २१ । प्रतिनिधिसभा बैठकमा बुधबार सांसद भरतकुमार शाहले उपत्यकावासीलाई ट्याक्सीले ठगिरहेको विषय उठाए । उनले भने, ‘प्लेनले लिने भाडाभन्दा काठमाडौंमा ट्याक्सी भाडा महँगो छ ।’ उनले भैरहवा र

चिनियाँ कम्पनीले सुरुङमार्ग निर्माणका लागि ९५ प्रतिशत लगानी गर्ने

काठमाडौं, भदौ २१ । लगानी अभावले लामो समयदेखि रोकिएको काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङमार्ग निर्माणका लागि चिनियाँ कम्पनीसँग संयुक्त विकास सम्झौता (जेडीए) सम्पन्न भएको छ । सुरुङमार्गको प्रवर्द्धक नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड