काठमाडौं, भदौ २९ । भारतीय मार्ग हुँदै गैरकानुनी रुपमा विदेश पठाउन लागिएका ४ जना चेलीको विराटनगरबाट उद्वार गरिएको छ।
विराटनगर–जोगवनी हुँदै ओमान जाने क्रममा रहेका चारै जनालाई विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट उद्वार गरिएको हो।
धनकुटा नगरपालिका ३ की २४ बर्षीया, १० की ३७ बर्षीया, दमक नगरपालिका १ की २० बर्षीया र काठमाडौं महानगरपालिका ३५ की २८ बर्षीया चेलीको उद्वार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
सीमा/नाका सुरक्षार्थ खटिएको नेपाल प्रहरी, विश्व सेवा विस्तार संस्था र साना हात नामक संस्थाको सहयोगबाट उनीहरुको उद्वार गरिएको हो।
चारै जनालाई विश्व सेवा विस्तार संस्थाको संरक्षणमा राखिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्