काठमाडौं, भदौ २९ । भारतमा जारी उन्नाइस वर्षमुनि एकदिवसीय क्रिकेट अन्तर्गत शुक्रबार नेपाली युवा टोलीले आफ्नो दोस्रो खेल भारत ‘ए’ टोलीसँग खेल्दैछ ।
भारतीय क्रिकेट बोर्डको निमन्त्रणामा भएको उक्त एकदिवसीय शृंखलाअन्गर्ततको आफ्नो दोस्रो खेलमा नेपालले विजय लक्ष्यसाथ भारतको ‘ए’ टोलीसँग शुक्रबार प्रतिस्पर्धा गर्न लागेको हो ।
खेल भारतको लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । बुधबार भएको पहिलो खेलमा नेपाल भारतको बी टोलीसँग ४० रनले पराजित भएको थियो । आगामी असोज १३ गतेदेखि बंगलादेशमा हुने यू–१९ एसिया कपको तयारीका रुपमा उक्त प्रतियोगितालाई हेरिएको छ ।
टोलीको मुख्य प्रशिक्षक विनोद दास, सहायक प्रशिक्षक मनोज कुटुवाल र टिम म्यानेजरमा शक्तिप्रसाद गौचन रहेका छन् । प्रतियोगितामा भारत, भारतकै नेशनल क्रिकेट एकेडेमी र अफगानिस्तानको यु–१९ टोलीको सहभागिता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्