काठमान्डुले लुम्बिनीलाई १६१ रनको लक्ष्य दियो

काठमाडौं, २१ कार्तिक। नेपाल प्रिमियर लिग (एनपीएलं) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्स र काठमान्डु गोर्खाजबीच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा काठमान्डुले लुम्बिनीलाई १६१ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको काठमान्डुले २० ओभरमा ८ विकेटको क्षतिमा १६० रन जोड्यो ।

काठमान्डुका ओपनरद्वय डेभिड वार्नर र साहिल पटेलले आक्रामक सुरुवात गरे । पावरप्लेमा टोलीले ४५ रन बनायो ।

वार्नरले ६६ रनको योगदान दिए । यस्तै पटेलले ३८ रन बनाए । सहान अरच्चिगेले आक्रामक ब्याटिङ गर्दै अविजित ३४ रनको योगदान दिए ।

बलिङतर्फ काठमान्डुका रुबेन ट्रम्पलमान, शेर मल्ल र अभिषेश गौतमले दुई दुई विकेट लिए ।

 

प्रतिक्रिया दिनुहोस्