सर्वोच्च अदालतका प्रस्तावित चार जना नै न्यायाधीशहरूको नाम संसदीय सुनुवाइबाट अनुमोदन

काठमाडौं, २१ कार्तिक । सर्वोच्च अदालतका प्रस्तावित चार जना नै न्यायाधीशहरूको नाम संसदीय सुनुवाइबाट अनुमोदन भएका छन् ।

न्यायपरिषद्ले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्चको न्यायाधीश सिफारिस गरेको थियो ।

चार प्रस्तावित न्यायाधीशविरुद्ध १३ वटा उजुरी परेका थिए । उनीहरूउपर शुक्रबार र शनिबार सिंहदरबारस्थित संसदीय समितिमा उनीहरूको सुनुवाइ भएको थियो ।

उजुरीउपर छलफल सकाएर समितिले सुनुवाइ गर्‍यो र अनुमोदनको निर्णय गरेको हो । शुक्रबार र शनिबार सिंहदरबारस्थित संसदीय समितिमा उनीहरूको सुनुवाइ भएको थियो ।

न्यायपरिषद्ले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतमा सिफारिस गरेको थियो । उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द बाहेक अरू सबै उच्चकै मुख्य न्यायाधीशहरू सिफारिस भएका थिए ।

प्रतिक्रिया दिनुहोस्