वीरगञ्जका मेयरले दिए पार्टीबाट राजीनामा

काठमाडौं, भदौ २९ । महानगरपालिकाको काममा अनावश्यक दबाव दिएको भन्दै वीरगञ्ज मेयर विजय सरावगीले संघीय समाजवादी फोरमबाट राजीनामा दिएका छन् ।

व्यापारिक पृष्ठभूमिका सरावगी संघीय समाजवादी फोरमबाट वीरगञ्जको मेयर निर्वाचित भएका थिए । तर, पार्टीले अनावश्यक दबाव दिएको भन्दै उनले पार्टी छाड्ने खोजेका हुन् ।

मेयर सरावगीले ह्वाट्सएपमार्फत पार्टी नेतृत्वलाई राजीनामा पत्र बुझाएका छन् । अब नेतृत्वलाई भेटेर पनि पार्टीबाट राजीनामा दिएको पत्र बुझाउने उनको तयारी छ ।

फोरमका नेताहरुले भने मेयर सराबगीले एक वर्षमा पनि प्रभावकारी रुपमा काम गर्न नसकेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्