यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं, २२ कार्तिक । नेपाल राष्ट्र बैंकले निर्धारण गरेअनुसार आज विदेशी मुद्राको विनिमयदर स्थिर छ ।

डलर, युरो, पाउण्डसहितका अधिकांश विदेशी मुद्राको विनिमय दर फेरबदल भएको छैन । राष्ट्र बैंकका अनुसार शनिबारकै भाउ आइतबार पनि कायम रहेको हो ।

अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६८ रुपैयाँ २१ पैसा छ भने युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ७४ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५५ पैसा छ ।

स्वीस फ्र्यांक एकको खरिददर १८३ रुपैयाँ १९ पैसा र बिक्रीदर १८३ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ ।

आज अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ २ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४३ पैसा कायम छ ।

क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ९४ पैसा तथा आज सिंगापुर डलर एकको खरिददर ११७ रुपैयाँ ३ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५० पैसा तोकिएको छ ।

आजको विदेशी मुद्राको विनिमय दर:

 

प्रतिक्रिया दिनुहोस्