एचआइभी सङक्रमितहरूलाई सरकारले निःशुल्क औषधीको व्यवस्था, एड्सको महामारी अन्त्य गर्न सरकार प्रतिवद्ध: स्वास्थ्य मन्त्री यादव

काठमाडौँ, मङसिर १५ गते । उप–प्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले ९०–९०–९० लाई को लक्ष्य प्राप्तिको लागि एचआइभी सङक्रमितहरूलाई सरकारले निःशुल्क औषधीको व्यवस्था गर्ने कुरा बताउनु भएको छ । साथै रोकथाम, हेरचाह, सहयोग जस्ता कार्यक्रमलाई तिव्रताका साथ अगाडि बढाई सन् २०३० सम्ममा एड्स्को महामारी अन्त्य गरि दिगो विकास लक्ष्य प्राप्तिको लागि सरकार जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको बताउनु भएको छ ।
“एचआइभीको जाँच गरौ आफ्नो अवस्था थाहा पाऔं ” भन्ने मुल नाराका साथ यस वर्षको विश्व एड्स दिवस मनाईएको छ । सोहि अवसरमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्र केन्दले आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री यादवले २०३० सम्ममा एड्स्को महामारी अन्त्य गरि दिगो विकास लक्ष्य प्राप्तिको लागि सरकारले मात्र संभव नभएको भन्दै सबै निकार्यको सहकार्यको आबश्यकता रहेको कुरा औल्याउनु भयो ।
एचआइभी सङक्रमितहरूलाई खुलेर आउन आग्रह गर्दै उहाँले यसको लागि राज्यको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । एड्स नियन्त्रका लागि वैदेशिक रोजगारीमा रहेका, जाने अनुमति लिदै गरेका र फर्केर आउँदै गरेका सबैलाई एचआइभी कसरी र किन हुन्छ भन्ने कुराका बारेमा अभिमुखीकरण तालिमको व्यवस्थ गर्नुपर्ने उहाँको जोड छ ।
एचआइभी नियन्त्रण गर्न सरकारले मात्र संभव नभएकाले सामुदायीक रुपमा सचेतना फैलाउनु नै अन्तिम बिकल्प भएको बताउनु भयो । उहाँले, भन्नुभयो, “ एचआइभी सङक्रमितहरूलाई निरन्तर औषधि र चेक जाँच र माया र हेरचाहाको खाँचो छ । यसको लागि सचेताना कार्यक्रम आवश्यक छ । सबै दातृ निकाय, संघ÷संस्थाहरुको सहकार्यता भएमा यसलाई न्यूनिकराण गर्न पक्क्र संभव छ । ”
एचआइभी सङ्क्रमण न्यूनीकरणका लागि सामाजिक सचेतना र स्कुलको पाठ्पुस्तकमा राख्नु पर्ने तर्क राख्नुहुँदै उहाँले बताउँदै बेरोजगारी, बढ्दो शहरीकरण, अशिक्षा र दुव्र्यसनका कारण एचआइभी सङ्क्रमण बढ्ने गरेको उहाँको बुझाई छ ।
मन्त्री यादवले विभेद मानव समुदायको ठूलो कलंक भएको उल्लेख गर्दै यसलाई पनि शिक्षा र सचेतनाले परास्त गर्ने दावी गर्नुभयो । एचआईभि संक्रमितको क्षेत्रमा कामग गर्ने थुप्रै संस्था भएकाले यसको समन्वयको अभावले सहि तथ्यांक आउन नसकेको उहाँको बुझाई छ । यसलाई आर्थिक पारदर्शीताको कुरा पनि बेला–बेला उठ्ने गरेको बताउँदै उहाँले यसलाई पनि अध्ययन र अनुसन्धान गर्न सरकारले राणनीतिका साथ अघि बढ्ने प्रतिपद्धता व्यक्त गर्नुभयो । २०३० सम्ममा एड्स्को महामारी अन्त्य गर्ने लक्ष्य प्रप्तिको लागि बजेटको अभाव हुन नदिने प्रतिवद्धता जनाउनु भयो ।
नि.स्वास्थ्य सचिव डा. सुशिलनाथ प्याकुरेलले हरेक वर्ष डिसेब्मर १ का दिनलाई विश्व एड्स दिवसको रुपमा मनाउँदै आएको कुरा उल्लेख गर्दै एचआइभी सङक्रमितहरूलाई सरकारले निःशुल्क औषधीको व्यवस्था गर्नुका साथै रोकथाम, हेरचाह, सहयोग जस्ता कार्यक्रमलाई तिव्रताका साथ काम गरिरहेको बताउनु भयो । उहाँले सन् २०३० सम्ममा एड्स्को महामारी अन्त्य गरि दिगो विकास लक्ष्य प्राप्तिको लागि सरकारलाई सबै क्षेत्रको सहयोगको निरन्तर्ता आबश्यक रहेको बताउनु भयो ।
स्वास्थ्य विभागका महानिर्देशक डा. गुणराज लोहनीले एचआइभी सङक्रमितहरूलाई खुलेर आउन आग्रह गर्दै यसले सरकारको लक्ष्यलाई समेत सहयोग पुग्ने बताउनु भयो । २०३० सम्ममा एड्स्को महामारी अन्त्य गर्नका लागि सचेताको महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो । उहाँले एचआइभी परिक्षणलाई तिव्रता दिनुका साथै उपचार, नियमित औषधिउपचार, दातृ निकाय, संघ÷संस्था समुदाय सबैसंगको संयुक्त सहकार्यले मात्र संभव भएकाले संक्रमित आफैं खुलेर आउनु पर्ने र आफैं सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्र केन्द्रका निर्देशक डा तारा नाथ पोखरेलले नेपालमा एड्सका कारणले मृत्यु हुनेको संख्या ३० प्रतिशतले घटेको बताउनु भयो । सन् २०१० को तुलनामा २०१७ मा एचआइभी संक्रमण दर ८० प्रतिशतले घटेको बताउनु भयो । उहाँले सन् २०१७ सम्म नेपालमा ३० हजारभन्दा बढी मानिस एचआईभी संक्रमणबाट पीडित भएको बताउँदै नया संक्रमण दर पनि ८ सयमा झरेको दावी गर्नुभयो । उहाँले अहिले बार्षिक मृत्युदर पनि घटेर १२ सयको हाराहारीमा मृत्यु हुने गरेको छ । एचआईभी एड्सबाट पीडित हुने तथा यस रोगबाट मृत्यु हुने अवस्था कमी आए पनि यस रोगलाई नियन्त्रणमा लिन भने नसकिएको बताउनु भयो ।
सन् २००५ देखि १६ सम्ममा विश्वव्यापी रुपमा एड्सका कारणले मृत्यु हुने संख्यामा ४८ प्रतिशतले कमी आएको छ। यस्तै, संक्रमितको संख्या पनि ११ प्रतिशतले घटेको पाइएको छ। नेपालमा सन् १९८८ मा पहिलो पल्ट एकजना मानिसमा एचआइभी एड्स फेला परेकोमा अहिले यसबाट करिब ७२ हजारभन्दा बढी मानिसहरु संक्रमित भइसकेको कुरा विभिन्न तथ्यांकहरुले देखाएका छन्।
हाल नेपालमा एचआइभी संक्रमितको संख्या भने घट्दै गएको तथ्यांक छ तर संक्रमितहरु खुलस्त नहुँदा वास्तविक तथ्यांकअझै स्पष्ट हुन सकेको छैन। नेपाल सरकारले घोषणा गरेको एचआइभी एड्स सम्बन्धि राष्ट्रिय रणनीतिमा सन् २०१६ सम्म नयाँ संक्रमण दरलाई घटाएर ५० प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ भने मृत्युदर २५ प्रतिशत र नवजात शिशुमा हुने संक्रमणलाई ९० प्रतिशत घटाउने लक्ष्य छ।
यस्तै कार्यक्रममा बोल्दै फरक पहिचान भएका (तेस्रोलिंगी) भावना श्रेष्ठले उपचारमा जाँदादेखि हरेक निकाय तथा क्षेत्रमा आफूहरुमाथि विभेद्को भएको गुनासो गर्नुभयो । उहाँले संविधानले पहिचानको आधारमा हुने विभेदको अन्त्य गरेको अवस्थामा पनि यस किसिमको विभेद भाग्नु विडम्बनाको कुरा भएको बताउनु भयो । विभेदको अन्तय नै आजको टड्कारको आवश्यकता भएको बताउँदै संविधानले आफूहरुको अधिकार केहि हदमा पूरा गरे पनि प्रयाप्त भने नभएको विचार व्यक्त गर्नुभयो । अझै फरक पहिचान भएकाले मानव अधिकारको प्रत्याभूती गर्न नपाएको उहाँले ठम्याई छ ।
प्रतिक्रिया दिनुहोस्