चालु आ.व.को ६ महिनामै भित्रियो ७ खर्ब ६३ अर्ब रेमिटेन्स
काठमाडौं,२० माघ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ७ खर्ब ६३ अर्ब ८ करोड रेमिटेन्स भित्रिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले वृद्धि भएको हो । गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह २२.२ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार पुस महिनामा मात्रै १ खर्ब २३ अर्ब रुपैयाँ बराबरको रेमिटेन्स भित्रिएको छ । जुन मंसिर महिनाको तुलनामा ५ अर्बले धेरै हो । गत मंसिरमा १ खर्ब १८ अर्ब रेमिटेन्स भित्रिएको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको संख्या २ लाख ३० हजार ४३९ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६२ हजार ६२८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ६ हजार ३९० र १ लाख ३३ हजार ९४० रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्