बागमती प्रदेशले आगामी १० वर्षे रणनीतिक योजना तथा गुरुयोजना तयार गर्ने
काठमाडौं, ११ मंसिर । बागमती प्रदेश सरकारले प्रदेशको विकासलाई अध्यन र समिक्षा गर्दै आगामी १० वर्षे रणनीतिक योजना तथा गुरुयोजना तयार गर्ने भएको छ ।
विगत १० वर्षको कार्यकालको समीक्षा तथा अध्ययन गरेर आगामी दशकका लागि गुरुयोजना निर्माण गर्न लागेको हो । गुरुयोजना निर्माणका लागि मुख्यमन्त्री किरण थापा मगरको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिति गठन गर्ने निर्णय प्रदेश मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले गरेको छ ।
विगतमा भएका काम, उपलब्धि तथा अनुभवको समीक्षा र अध्ययनका आधारमा आगामी १० वर्षको विकास रणनीति तय गरिने सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री भरत केसीले जानकारी दिए । गुरुयोजनामा आगामी १० वर्षमा प्रदेश सरकारले गर्नुपर्ने काम समेटिने उनले बताए ।
प्रदेशका १३ जिल्ला, ११९ स्थानीय तह र सबै वडामा सरकारको उपस्थिति तथा लगानीको प्रभाव मूल्यांकन गरिने भएको हो । मन्त्री केसीका अनुसार उच्चस्तरीय निर्देशक समितिले प्रदेश स्थापना भएयताका विकास निर्माण, सरकारी कार्यक्रम, बजेट लगानी र त्यसबाट प्राप्त उपलब्धिको अध्ययन गर्नेछ ।
यसले प्रदेशके विकासलाई रणनीति रुपमा विकसको गति तिव्र बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।























प्रतिक्रिया दिनुहोस्