यस्तो छ, एसिया प्यासिफिक समिट विवादको भित्री रहस्य
काठमाडौं, १४ मंसिर । धर्मको प्रचार गर्न लागिएको भन्दै एसिया प्यासिफिक समिट सुरुदेखि नै विवादित बन्दै आएको छ । क्रिस्चियनको प्रचारक संस्था युनिभर्सल पिस फेडेरेसनले आयोजना गर्न लागेको सम्मेलन सुरु नहुँदैबाट विवादित बन्न पुगेपछि सम्मेलनमा शान्ति प्रकृया, द्वन्द्व, जलवायु र विवाह एवं परिवार संरचनालाई सुदृढ बनाउन विस्तृत छलफल गरिने आयोजकले दावी गर्दै आएको छ ।
युनिफिकेसन चर्चकी प्रमुख हक जा हनले प्रधानमन्त्री केपी ओली र उनकी पत्नी राधिका शाक्यसहित १५ सय उच्च पदस्थ नेपाली दम्पतीलाई आशीर्वाद दिने तयारीले झन विवादित गरेको छ ।
अको विवाद भनेको बिहिबारदेखि सवारीमा जोरबिजोर प्रणाली लागू गरिए पछि सर्वसाधरणलाई आवत– जावतमा समस्या परेको छ । सर्वसाधरणले यसको खुलेर विरोध गरेको छ । यसको सत्तारुढ दल बाहेक नेपाली काँग्रेस लगायत व्यापक विरोध गरेको छ । कुनै धर्म विशेषको कार्यक्रमलाई लिएर सवारीमा जोरबिजोर प्रणाली लागू गरिनु आपत्ति जनाउँदै अवज्ञा गर्न सबैलाई आह्वान गरेको छ ।
विवादित अन्तर्राष्ट्रिय गैरसरकारी सस्थाले आयोजना गर्न लागेको यो सम्मेलनमा नेपाल सरकार र संघीय संसदलाई सहआयोजक बनाउने तयारी गरेपछि विवाद छताछुल्ल भयो । सम्मेलनका लागि बाँडिएका निम्तो कार्डमा पनि गैरसरकारी संस्थाको लोगोमुनि नेपाल सरकार र संघीय संसदको लोगो प्रयोग गर्दै नेपाल सरकार कार्यक्रमको सहआयोजक भएपछि नेपाली कांग्रेसलगायतका दलले आपत्तिका थिए ।
क्रिश्चियन धर्म प्रचारका लागि कार्यक्रम गरिएको भन्ने चर्चा हुन थालेपछि आयोजक संस्थाले कार्यक्रममा क्रिश्चियन मात्रै नभई सबै धर्मका गुरुहरुलाई समेत निम्ता गरेको छ ।
हिन्दू धर्मलाई प्रतिनिधित्व गर्दै वृन्द्रावनका गोस्वामी आउँदैछन् भने उनका साथमा बीजेपीका नेता विजय जोली काठमाडौं आइपुगिसक्नु भएको छ । ताइवानबाट अन्तर्राष्ट्रिय बुद्धिस्ट संघका अध्यक्ष चिनचुङ याङ र भारतबाट मुस्लिम धर्मलाई प्रतिनिधित्व गरेर इमाम प्रमुख डाक्टर उमर अहमद इल्यासी आउनुहुने आयोजकले जनाएको छ । क्रिश्चियन धर्म गुरुका रूपमा भने म्यान्मारस्थित वाप्टिस्ट एसोसिएसनका राष्ट्रिय अध्यक्ष जा खादर आउने तय भएको छ ।
सबै धर्मका गुरुहरु सहभागी सम्मेलनमा साझा शान्तिको बाटो के हुने भन्ने बारेमा पनि छलफल हुने आयोजक संस्था यूपीएफले जनाएको छ ।
कांग्रेसले कुनै एक धर्मको प्रचारका लागि कार्यक्रम हुन थालेको भन्दै विरोध जनाएको हो । देशको संविधानले धर्म निरपेक्षतालाई अनुसरण गर्ने तर सरकार नै कुनै एक धर्मको प्रचारमा सह–आयोजक बन्न खोज्नुले संविधानको बर्खिलाफ भएको भन्दै विरोध जनाएको थियो ।
व्यापक विरोध हुन थालेपछि सरकार सम्मेलनको सहआयोजकबाट फिर्ता भएर सहआयोजक नभई सहयोगी मात्रै बन्ने निर्णय गर्यो ।
यस्तै राष्टिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले धर्मप्रचारक संस्थाले आयोजना गरेको विवादास्पद भेलामा सहभागी पाहुनालाइ गरिएको स्वागत अवांछित रहेको बताएका छन् । थापाले सामाजिक सन्जाल ट्वीट गर्दै सहभागी पाहुनालाई सरकारले गरेको स्वागत पनि प्रचलित कुटनीतिक मान्यता अनुकुल नभएको दावी गर्नुभयो । उनले भने, ‘पाहुनाको स्वागत हुनुपर्छ तर मर्यादा विपरीत होइन ।’ साथै नागरिकलाई सास्ती दिनेगरी सवारी साधनमा जोरबिजोर रुपमा चलाउनु अनावश्यक र यात्रुमाथिको ज्यादति भन्दै उनले भत्र्सना गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्