प्रधानमन्त्री दाहाललाई किन बिझायो नयाँ दलको क्रियाकलापले

काठमाडौं,७ असार । काठमाडौंमा शुक्रबार नेपाल बुद्धिजीवि संगठनले गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले पार्टीहरूले दशकौँको संघर्ष र बलिदानपछि लोकतान्त्रिक गणतन्त्रको युगमा नेपाललाई प्रवेश गराएको कुरालाई बिर्सिएर नयाँ दलहरूले पुराना दललाई अपमान गरिरहेको आरोप सो कार्यक्रममा लगाएका छन् ।

प्रधानमन्त्री दाहालको संकेत सत्तारुढ मध्यको नयाँ दल प्रति इङ्गित थियो । अहिले सरकारको नेतृत्व गर्दा पनि नयाँ दलले गरेको ब्यवहारले प्रधानमन्त्रीलाई बिझाएको महसुस भएको छ । उनले थपे पुराना राजनीतिक दलकै कारण आफू अहिले यो अवस्थामा आइपुगेको हुँ भन्ने हेक्का नयाँ राजनीतिक दलहरुले राख्न जरुरी रहेको उनले बताए ।

अहिले नेपालका पार्टी र नेताहरु कोही पनि ठिक छैनन् त्यसकारण नेपालमा बस्नुभन्दा बाहिर नै जानु ठिक छ भन्ने मनोविज्ञानले काम गरि रहेको बताएका छन् । उनले भने, ‘पार्टीहरुले दशकौँको संघर्ष र बलिदानपछि लोकतान्त्रिक गणतन्त्रको युगमा नेपाललाई प्रवेश गराएको हो ।

अहिले केही नयाँ दलहरु लाई हामीले गर्छौं भन्ने ठाउँ दिएको पनि तिनै ठूला पार्टीहरुको त्याग, तपस्या र बलिदान हो । देशले दिएको संबिधानले, व्यवस्थाले हो, यो कुरालाई बिर्सेर हामी धेरै जान्ने अरु अज्ञानी भन्ने जो पुराना दललाई गाली गलो गरि रहेका छन् , अपमान गरि रहेका छन् । यो अभिमानलाई जनताले ठेगान लगाई दिने छन् । समयले सबैलाई आफ्नो स्थानमा पुर्र्यादिन्छ अहंकार गर्न जरुरी छैन् ।

नयाँ आएर बोल्नेहरुको जिम्मेवारी हुन्छ कि पुराना पार्टीहरुले लामो संघर्ष, जेलनेल, यातना, भूमिगत यो सबै गरेर नलडेको भए लाकतान्त्रिक गणतन्त्र र ती नयाँ मान्छेहरु आउने वातावरण बन्न सम्भव थियो त? । उनीहरुले त पुरानाहरुलाई सम्मान गर्नुपर्ने, तपाईंहरुको त्याग र बलिदानको परिणाम हामी जस्ताले पनि अहिले अवसर पायौं भनेर प्रशंसा गर्नुपर्ने ठाउँमा आफूलाई जन्म दिने बाबुआमालाई गाली गरेको जस्तै लाजमर्दो लाग्छ नि १ ।

प्रधानमन्त्री दाहालले नेपाली कांग्रेस, नेकपा (एमाले) लगायतका राजनीतिक दलभित्रका समस्या पनि आफूले सम्बोधन गर्ने गरी काम गरिरहेको बताएका थिए । अहिले पनि आफू जनयुद्धकालको भन्दा बढी खटेर काम गरिरहेको पनि बताए ।

‘तपाईं हामी कताकता पहिलाको जस्तो सक्रियता जीवन देख्ने पार्टी, आन्दोलन देख्ने लोकतन्त्रमा त्यसमा कमी आएकै छ । त्यो हामीले आत्मसमीक्षा गर्नुपर्छ । निराश हुनु हुँदैन । कयौँ साथीहरुलाई लाग्छ, पार्टी नेतृत्वको हैसियतले नेतृत्वले के गरिरहेको छ ? पहिलाको जस्तै छ कि अर्कै छ कि, बिग्रियो कि, नेतृत्वप्रति पनि प्रश्न उठ्छन् होला । उनले भने, बेस्सरी आलोचना हुँदा नमिठो लाग्छ होला । म रातदिन जनयुद्धमा भन्दा कम खटेकै छैन, अझ बढी खटेको छु । बरु जनयुद्धमा मेरो जीवन सरल थियो, अहिले अझ बढी खट्नुपर्ने छ।

 

प्रतिक्रिया दिनुहोस्