बाग्लुङमा चट्याङ लागेर बालकको मृत्यु

काठमाडौं, जेठ १८ । बाग्लुङमा चट्याङ लागेर बालकको मृत्यु भएको छ । आज अपराह्न परेको चट्याङ लागेर बागलुङ, बडिगाड गाउँपालिकाका बडिगाड–५ का १२ वर्षीय सुवास पेमीको मृत्यु भएको हो् ।

घर नजीकै परेको चट्याङ लागेर गम्भीर घाइते भएकामा उपचारका क्रममा अस्पताल ल्याउँदै गर्दा उनको मृत्यु भएको गाउँपालिकाबाट राजन पाइजाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्