गरिमा चौधरीको आज अन्त्येष्टि गरियो
काठमाडौं, ७ भदौ। बारामा बलत्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको आज (आइतबार) अन्त्येष्टि गरिएको छ ।
गत मंगलबारदेखि गरिमाको शव बारा सदरमुकामस्थित कलैया प्रादेशिक अस्पतालको शव गृहमा थियो । गरिमाको हत्याविरुद्ध बुधबारबाट भएको सडक संघर्ष शनिबार मध्यरातमा पीडित परिवार र सरकारबीच सहमतिपछि परिवारले आइतबार शव बुझेर अन्त्येष्टि गरेका हुन् ।
कलैया उपमहानगरपालिका १४ बघवन स्थित पसाहा खोलामा गरिमाको अन्त्येष्टि गरिएको छ । उनलाई हिन्दु परम्परा अनुसार बाबु मनोज चौधरीले दागबत्ति दिएका थिए ।
सरकारसँग सहमति गर्न शनिबार साँझ काठमाडौं गएका मृतक गरिमाका बाबु मनोज चौधरी र आमा मानमती चौधरी आइतबार मध्यान्ह काठमाडौंबाट फर्किएपछि प्रहरीले शव बुझ्न कलैया अस्पताल लगेको थियो ।
बालिकाको अन्तिम संस्कारमा बाराका प्रमूख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, प्रहरी उपरिक्षक नरेन्द्र कुँवर लगायतका सुरक्षा अधिकारीहरू सहभागी थिए । सरकराले उनको सालिक निर्माण गर्नेलगायत सहमती गरेको छ ।

प्रतिक्रिया दिनुहोस्