सामाजिक सञ्जालमा फैलाइएका भ्रामक प्रचारप्रति चैनपुर नगरपालिकाको आपत्ति

संखुवासभा, असार १७ । शंखुवासभाको चैनपुर नगरपालिकाले पछिल्लो समय सामाजिक सञ्जालमार्फत नगरपालिकाको कामकारबाहीलाई लक्षित गर्दै फैलाइएका आधारहीन, कपोलकल्पित तथा भ्रामक प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नगरपालिकाले बुधबार जारी गरेको विज्ञप्तिमार्फत यस्ता अफवाह र गलत सूचनाले स्थानीय सरकारको छवि धुमिल पार्ने नियत देखिएको भन्दै नागरिकलाई सत्यतथ्यमा मात्र विश्वास गर्न आग्रह गरेको छ ।

नगर प्रमुख कृष्णकुमार तामाङद्वारा हस्ताक्षरित जारी विज्ञप्तिमा केही व्यक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गर्दै तथ्यहीन सामग्री प्रसारण गरी नगरपालिकालाई बदनाम गर्ने प्रयास गरिरहेको उल्लेख गरिएको छ। यस्ता गतिविधिले नागरिकमा भ्रम सिर्जना गर्नुका साथै विकास र सुशासनको अभियानमा समेत नकारात्मक असर पार्ने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमकार प्रसाद न्यौपानेको भनाई छ ।
े उनले आफू नेपालको संविधान, प्रचलित ऐन, नियम तथा मापदण्डअनुसार पारदर्शी र उत्तरदायी ढंगले सेवा प्रवाह तथा विकास निर्माणका कार्यमा निरन्तर लागिरहेको स्पष्ट पारे । यदि नगरपालिकाका कुनै कामकारबाहीप्रति कसैको असहमति वा गुनासो भए कानुनी तथा संस्थागत माध्यमबाट उठाउन सकिने व्यवस्था रहेको उनले बताए ।

उनले अपुष्ट सूचना, अफवाह वा भ्रामक सामग्रीलाई सामाजिक सञ्जालमार्फत शेयर वा प्रचार नगर्न नगरपालिकाले सम्पूर्ण नगरवासीसँग आग्रह गरे । आधिकारिक सूचना तथा निर्णयका लागि नगरपालिकाका आधिकारिक माध्यमलाई मात्र आधार बनाउन उनले आग्रह गरे ।
प्रमुख तामाङले नागरिकको हक, हित, सुशासन र समृद्ध नगर निर्माणप्रति आफू सधैं प्रतिबद्ध रहेको दोहोर्याउँदै सत्य र तथ्यमा आधारित सूचनालाई मात्र विश्वास गर्न सबैमा अपिल गरे। प्रमुख तामाङले हामीले कुनै पनि जिन्सी सामान खरिद गर्दा बोलपत्र आह्वान गरी खरिद प्रक्रिया पूरा गरी ल्याउने गरेका छौं प्रशासन अधिकृत र मेरो नाम जोडेर विभिन्न अराजक समूह र व्यक्तिले मेरो व्यक्तिगत चरित्र हत्या भएको र उक्त भ्रम फैलाउने दोषीलाई कारबाही प्रक्रिया अगाडि बढाउने जागरणन्युज डटकमलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्