बाबुले बञ्चरो प्रहार गर्दा दैलेखमा दुई सन्तानको मृत्यु
काठमाडौं, ५ मंसिर । बाबुले बञ्चरो प्रहार गर्दा दैलेखमा दुई सन्तानको मृत्यु भएको छ भने श्रीमतीसहित अर्का एक जना छोरा गम्भीर घाइते भएका छन् ।
चामुन्डा बिन्द्रासैनी नगरपालिका–३, पानीखोलाका ३८ वर्षीय अम्बर सलामी मगरले शनिबार बिहान करिब ९ ः३५ बजे परिवारका सदस्यमाथि बन्चरो चलाउँदा दुई जनाको मृत्यु भएको हो ।
उनले सामान्य घरायसी विवादका क्रममा आफ्नै श्रीमती र तीन जना सन्तानमाथि बञ्चरो प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
बन्चरो प्रहारबाट ३५ वर्षाीया श्रीमती मनीषा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र सलामी, ६ वर्षीय छोरा मिलन सलामी र ३ वर्षीया छोरी करिश्मा सलामीको टाउकोमा गम्भीर चोट लागेको थियो ।
बञ्चरो प्रहरबाट गम्भीर घाइते भएका उनीहरूलाई एम्बुलेन्समार्फत उपचारका लागि नगर अस्पताल दुल्लु पुर्याइएको थियो । तर उपचारका क्रममा १२ वर्षीय छोरा तपेन्द्र सलामी र ३ वर्षीया छोरी करिश्मा सलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
गम्भीर घाइते भएका उनीहरूलाई चिकित्सकले जाँच गर्दा शनिबार बिहान ११स्१० बजे मृत्यु भएको घोषणा गरेका थिए ।
श्रीमती मनीषा सलामी मगर र ६ वर्षीय छोरा मिलन सलामीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको दैलेख प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको र बन्चरो चलाउने व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाको विषयमा सुष्म अनुसन्धान गरिंदैछ ।























प्रतिक्रिया दिनुहोस्