दाङमा सर्पको टोकाइबाट एक युवकको मृत्यु
काठमाडौं, जेठ १७ । दाङमा सर्पको टोकाइबाट एक युवकको मृत्यु भएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका ८, अश्वार निवासी २५ वर्षीय टिकाराम डाँगीको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार उनलाई आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा विषालु सर्पले बायाँ खुट्टामा टोकेको थियो । उनको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो ।
पछिल्ला दिनमा त्यहाँ सर्पको टोकाइबाट मृत्यु हुनेको संख्या बढिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्