शेयर बजार बढेपनि कारोबार रकममा गिरावट

काठमाडौं, । दशैंको प्रत्यक्ष प्रभाव शेयर बजारमा देखिएको छ । सोमबार परिसुचक बढेता पनि कारोबार रकममा गिरावट आएको छ ।

साताको दोस्रो दिन सोमबार नेप्से परिसुचक ८ दशमलव ५२ अंकले घटेर एक हजार ५ सय ४५ दशमलव ४४ को बिन्दुमा आएर कारोबार बन्द भएको छ । परिसूचक बढेतापनि कारोबार रकममा भने भारी गिरावट आएको छ ।

आइतबार ३१ करोड ५२ लाख ७ हजार १५८ रुपैयाँको मात्रै शेयर खरिदबिक्री भएको बजारमा आज सोमबार यो रकम घटेर २७ करोड ७८ लाख रुपैयाँमा सिमित हुन पुगेको छ ।

आज कारोबारमा आएका ९ समूह मध्ये २ समूह घटेका छन्, भने ७ समूहमा थोरै वृद्धि देखिएको छ । आज जलविद्युत समूह २१ दशमलव ७२ अंकले, विकास बैंक समूह १० दशमलव ४६ अंकले, बीमा १२ दशमलव २ अंकले, उत्पादन तथा प्रशोधन क्षेत्र ९ दशमलव १४ अंकले र फाइनान्स समूह ४ दशमलव ५८ अंकले बढेको छ । त्यस्तै ट्रेडिङ समूह २३ दशमलव ५६ अंकले, होटल समूह ८ दशमलव ३८ अंकले गिरावट आएको छ ।

आज सबैभन्दा बढी नेपाल इनभेष्टमेन्ट बैंकको शेयर कारोबार भएको छ । यो कम्पनीको १ करोड ८४ लाख रुपैयाँ शेयर किनबेच भएको हो ।

प्रतिक्रिया दिनुहोस्