बुधबार सेयर बजारमा १०२ कम्पनीको मूल्य बढेको छ भने १६५ को घटेको छ

काठमाडौं, २७ साउन। बुधबार सेयर बजारमा १०२ कम्पनीको मूल्य बढेको छ भने १६५ को घटेको छ । त्यस्तै ९ कम्पनीको मूल्य स्थिर रह्यो ।

धेरैजसो कम्पनीको मूल्य घटे पनि समग्र बजार परिसूचक नेप्से धनात्मक भएको छ । आज नेप्से ०।५५ अंक बढेको छ । अघिल्लो दिन जम्मा ०।७९ अंक बढेकोमा आज पनि झिनो वृद्धिपछि २६४२ अंकमा कायम भएको छ कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ४ अर्ब ११ करोडको कारोबार भएकोमा आज ३ अर्ब ५३ करोडको भयो ।

लगानी समूह आज सबैभन्दा धेरै २।२१ प्रतिशत बढ्यो । बैंकिङ ०।०५, फाइनान्स ०।२४ र होटल तथा पर्यटन ०।८५ प्रतिशत बढे ।

विकास बैंक ०।२२, जलविद्युत् ०।४०, जीवन बीमा ०।१५, उत्पादन तथा प्रशोधन ०।७०, माइक्रोफाइनान्स ०।०५, निर्जीवन बीमा ०।०५, अन्य ०।१० तथा व्यापार ०।२१ प्रतिशत घटे ।

समूहगत कारोबार हेर्दा हाइड्रोपावर समूहको सबैभन्दा धेरै १ अर्ब ५५ करोडको कारोबार भयो । त्यस्तै वाणिज्य बैंकहरुको ३६ करोड, उत्पादन तथा प्रशोधन २८ करोड, लगानी ४२ करोठ रुपैयाँ बराबरको कारोबार भयो ।

आजबाटै कारोबारमा आएको माउन्ट एभरेस्ट पावरको मूल्य १५ प्रतिशत बढ्यो । सो वृद्धिपछि प्रतिकित्ता मूल्य ३४५ रुपैयाँ कायम भएको छ । त्यस्तै इमर्जिङ नेपालको ५।४८, एचआईडीसीएलको ४।९५, एनआरएन इन्फ्रास्ट्रक्चरको ३।८५ प्रतिशत मूल्य बढ्यो । अपर लोहोरेखोलाको मूल्य १५ प्रतिशत घट्यो । महिला लघुवित्तको ५।१८, कर्पोरेट डेभलपमेन्ट बैंकको ४।७४ प्रतिशत घट्यो ।

आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, सेन्ट्रल फाइनान्स, सोलु हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र ङादी ग्रुप क्रमशः अगाडि रहे ।

सेयर बजार

प्रतिक्रिया दिनुहोस्