शेयर बजारमा दोहोरो अंकको गिरावट, नेप्से २६७२ अंकमा झर्‍यो

काठमाडौं, १४ साउन । साताको कारोबारको अन्तिम दिन बिहीबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६.२९ अंकले घटेर २६७२.५८ विन्दुमा झरेको हो।

बजार ओरालो लागेसँगै नेप्सेमा सूचीकृत १३ वटै उपसमूह राताम्मे भएका छन्। सबैभन्दा धेरै गिरावट जलविद्युत् उपसमूहमा देखिएको छ। उक्त समूह १.२० प्रतिशतले घटेको छ।

बिहीबारको कारोबारमा ५९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २०६ वटा कम्पनीको शेयर मूल्य घटेको छ। यस्तै, ११ वटा कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन।

आजको कारोबार रकम ३ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ।

बजारमा अधिकांश समूह र कम्पनीको शेयर मूल्य घट्दा लगानीकर्ताको मनोबलमा दबाब देखिएको छ।

प्रतिक्रिया दिनुहोस्