रुभानको २७औ बार्षिकोत्सबमा अपाङ्ग संस्थालाई आर्थिक सहयोग

काठमाण्डौं ।  संयुक्त राष्ट्रसंघको स्वयंसेवा कार्यक्रम अन्तर्गत विभिन्न मुलुकहरुमा काम गरी सकेका नेपाली स्वयम् सेवकहरुको संस्था Returned United Nations Volunteers Association Nepal (RUNVAN) ले आफ्नो २७ औं बार्षिकोत्सब  काठमाण्डौ चाबहिल स्थित   सिर्जनशील अपाङ्ग आवाज नेपाललाई आर्थिक सहयोग गर्दै मनाएको छ ।

यस अवसरमा रन्भानका अध्यक्ष पुण्य प्रसाद पौडेलले  संस्थाको तर्फबाट सिर्जनशील अपाङ्ग आवाज नेपालको  स्थापनाकार र अध्यक्ष  तुलसा केसीलाई उक्त संस्थाको स्थापना र त्यसको गुणात्मक  संचालनमा गरेको योगदानको कदर गर्दै एक  प्रसंसा पत्र  र संस्थालाई आर्थिक सहयोग स्वरुप रु ४०,००० को चेक प्रदान गर्नु भएको छ ।

उक्त अवसरमा  बोल्नुहुदै अध्यक्ष पुण्य पौडेलले रुभानको मुख्य उद्देश्य नेपालमा स्वयंसेवाको भावनाको प्रबर्धन गर्नुका साथै अन्य सामाजिक कार्यहरु गर्ने रहेको र त्यसै अनुरुप   यसले शैक्षिक संस्थाहरुसंग सहकार्य गरी  बिगत २७ बर्षमा धेरै शिक्षित युवाहरुलाई  स्वयमसेवाको बिषयमा प्रशिक्षित गर्दै आएको कुरा ब्यक्त गर्नुभयो ।

अध्यक्ष पौडेलले संस्थाकी अधक्ष तुलसा केसीले आँफु स्वयम् शारीरिक रुपमा कमजोरी हुदाहुँदै पनि विभिन्न चुनौतिहरुलाई सामना गर्दै यस संस्थालाई स्थापना कालदेखि यहासम्म ल्याई पुराउनु भएकोमा र  संस्थामा आबद्ध विभिन्न किसिमका बिकलांग बालिकाहरुको  मनोबल उच्च राख्दै बिकलान्गतालाई सबलातामा परिणत गर्न दृढ संकल्परत रही  संरकक्षत्व प्रदान गर्नुभएको कुराको कदर गर्दै  उक्त कार्यमा निरन्तरता पुगोस भनि यस वर्ष  उहालाई पुरस्कृत गरिएको  कुरा बताउनु भयो ।

सोही अवसरमा वडा सदस्य निर्मला पुडासैनीले च्ग्ल्ख्ब्ल् को सहयोगको प्रसंशा गर्दै सिर्जनशील अपाङ्ग आवाज जस्ता मानवीय संस्थाहरुलाई सरकारी  क्षेत्रबाट पूर्ण रुपमा आर्थिक सहयोग प्रदान गर्न श्रोतको कमी रहेको हुँदा रुभानजस्ता संस्थाहरुले गर्ने सहयोग महत्वपूर्ण हुने कुरा ब्यक्त गर्दै  रुभानको बार्षिकोत्सबको अवसरमा बधाई ज्ञापन गर्नुभयो ।

उक्त अवसरमा  स्थानीय समाजसेवी र नेपाल सरकारका पूर्व प्रशासक दुर्गानाथ गौतमले  रन्भान जस्ता उच्चास्तरीय संस्थाले मुलुकका विभिन्न भागहरुमा आफ्नो सेवा बिस्तार गरि अन्य थुप्रै मानवीय संघ संस्थालाई प्रभावकारी बनाउन सहयोग गर्नु पर्ने बिचार ब्यक्त गर्दै बधाई ज्ञापन गर्नु भयो।

प्रशंसा पत्र र आर्थिक सहयोग ग्रहण गर्दै  सिर्जनशील अपाङ्ग आवाज नेपालकी   स्थापनाकार तथा अध्यक्ष  तुलसा केसीले यस सहयोगबाट आँफुलाई संस्थाको विकासमा अझै बढी सक्रिय हुने उर्जा प्राप्त भएको र महामारीको कठिन समयमा संस्थामा आबद्ध बालिकाहरुको सेवामा निरन्तरता दिन यो सहयोगबाट ठुलो योगदान पुगेको कुरा बताउनुभयो । साथै आफु सम्मान भएकोमा संस्थालाई बधाई र धन्यबाद ज्ञापन गर्नुभयो ।

कार्यक्रमको अन्त्यमा रन्भानका कोषाधक्ष सानुभाई ताम्राकारले धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्