६ लाख २४ हजार रकमसहित १८ जुवाडे पक्राउ

काठमाडौं, बैशाख १२ । प्रहरीले ६ लाख २४ हजार रकमसहित १८ जुवाडे पक्राउ परेका छन् । पोखराबाट ठुलो रकमसहित १८ जुवाडे पक्राउ परेका हुन् । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पोखरा चापापानीबाट ६ लाख २४ हजार रकमसहित जुवा खेल्ने र खेलाउने १८ जनालाई पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका–१२ चापापानीमा रहेको थकाली समाज घरमा जुवातास खेलिरहेको अवस्थामा ६ लाख २४ हजार ९४६ रकमसहित १८ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जुवाको खालबाट ८ बुक तास, ६४ थान कौडा, तीन लाख र १ लाख पचास हजारका छुट्टाछुट्टै चेक, पाउण्ड स्ट्रलिङ २० डलर, ७ अमेरिकन डलर र ४ हजार ७ सय भारतीय रुपैया बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी यता गण्डकी प्रदेशको नवलपरासी पूर्वमा प्रहरी टोलीले ११ जना जुवाडेलाई पक्राउ गरेको छ । नवलपरासीको कावासोती नगरपालिका–१६ डण्डास्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई नगद २६ हजार ६ सय २५ नगद र तीन बुक ताससहित पक्राउ गरेको हो ।

त्यसैगरी उता ईलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँको प्रहरी टोलीले आँबुखैरेनी गाउँपालिका–३ आँबुखैरेनी बस्ने मनबहादुर श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले नगद १ लाख ११ हजार ४४० रुपैयाँ र १३ बुक तास बरामद गरेको छ ।

पक्राउ परेका सबैजना उपर जुवासम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गराई थप अनुसन्धान समेत गरिरहेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्