माटोको ढिस्कोले पुरिएर सासू-बुहारीको ज्यान गयो

काठमाडौं । संखुवासभामा माटोको ढिस्कोले पुरिएर दुई महिलाको ज्यान गएको छ।

मादी नगरपालिका–४ मा श्रीजुङस्थित शेर्पा गुम्बा छेउमा भएको घटनामा सासू–बुहारीको मृत्यु भएको हो। माटो खन्ने क्रममा अचानक ढिस्को खस्दा दलबहादुर विककी पत्नी ५५ वर्षीया टीकामाया र बुहारी २३ वर्षीया मनिषा पुरिएका थिए।

प्रहरी चौकी मादी रामबेनीबाट खटिएको टोलीले उनीहरुको शव निकालेको १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्