काठमाडौको सामाखुसी स्थित एक मोबाइल पसलमा आगलागी

काठमाडौ ।  काठमाडौ को सामाखुसी स्थित एक मोबाइल पसलमा गएराती आगो लागेको छ ।
स्थानीय पुरेन्द्र प्रधानको घरको भुई तलाको सटरमा सिन्धुपाल्चोकको चौताराका तान बहादुर श्रेष्ठले सञ्चालन गरेको मोबाईल पसलमा गएराती पौने ११ बजे विजुलीको तार सर्ट भएर आगो लागेको प्रहरी प्रभाग गोगंवुले जनाएको छ ।
आगलागीबाट पसलमा रहेका अधिकाशं सामान जलेर नष्ट हुँदा करिब ३ लाख बराबरको क्षति भएको छ ।
आगो लागेको केही समय मै प्रहरीले आगो नियन्त्रणमा लिईएको थियो ।

प्रतिक्रिया दिनुहोस्