एमसीसीको विरोधमा २२ राजनीतिक दलले गरे माइतीघरमा प्रदर्शन

काठमाडौं, बैशाख ६ । सरकारले एमसीसी सम्बन्धी सम्झौता अघि बढाउने तयारी गरेको छ । तर यो सरकारको तयारीलाई कतिपयले मान्ने नहुने भन्दै विरोध गरिरहेका छन् ।

यता आज विभिन्न २२ राजनीतिक दलहरुले यसको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा उनीहरुहरु चर्को विरोध गरेका हुन् ।

प्रदर्शनमा सहभागिहरुले ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’, ‘एमसीसी परियोजना खारेज गर’ लगायतका नारा लगाएका थिए।

यस्तै प्रदर्शनकारीहरुले ‘राष्ट्रघाती एमसीसी सम्झौता खारेज गरौं, राष्ट्रिय सार्वभौमिकताको रक्षा गरौं’, ‘एमसीसी सम्झौता चाहिँदैन, नेपाललाई उपनिवेश बनाउन पाइँदैन’, ‘राष्ट्रिय स्वाधिनताको रक्षा गरौं’, ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ लगायत लेखिएका पम्पलेट पनि बोकेका थिए।

एमसीसी सम्बन्धी सम्झौता अघि नबढाउन दबाब दिने उद्देश्यले उनीहरुले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्। उनीहरुले एमसीसी सम्बन्धी कुनै पनि कार्य अगाडि नबढाउन सुझाव दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्