एटीएम ह्याक गरी पैसा निकाल्ने चिनियाँ नागरिक पक्राउ
काठमाडौं, चैत १८ । एटीएम ह्याक गरी पैसा निकाल्ने चिनियाँ नागरिक पक्राउ परेको छन् । काठमाडौंको ज्याठामा एटीएम ह्याक गरी पैसा निकाल्न लागेका चिनियाँ नागरिक पक्राउ परेका हुन् ।
मेगा बैंकको एटीएम मेसिनको किबोर्ड पिन नम्बर ह्याक गरी नगद निकाल्ने प्रयास गरिरहँदा काठमाडौं प्रहरी परिसरले उनलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा चिनियाँ नागरिक २९ वर्षीय योङ छियालोङ रहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए।
बैंकबाट खबर आउनासाथ दरबारमार्ग र काठमाडौं परिसरबाट प्रहरी खटिएको थियो। उनी ज्याठास्थित होटल मन्टेसको चौथो तलाको ४०४ नं कोठामा बसेका थिए।
उनी बसेको कोठा खानतलासी गर्दा १० वटा विभिन्न किसिमका चाबि, विभिन्न खालका एटीएम कार्ड १० थान, ड्रिल मेसिन, चीन, अमेरिका र नेपाली रकम लगायत बरामद भएको छ।
ती चिनियाँ नागरिक मंगलबार मात्रै नेपाल आएको पाइएको प्रहरीले जनाएको छ। मेगा बैंकले समयमै खबर गरेका कारण ठूलो क्षति भने हुन सकेन् ।
प्रतिक्रिया दिनुहोस्