थप १०७ जनामा कोरोना संक्रमण पुष्टि , १ को मृत्यु , ६० जना निको भए

काठमाडौं , चैत ५ । आज थप १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार २५४ जनाको पीसीआर परीक्षण गरिएकोमा १०७ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ६२५ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ६० जना निको भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७१ हजार ६१० पुगेको छ ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या तीन हजार १५ पुगेको छ ।

हाल देशभर एक हजारजना आइसोलेसनमा र ५२ जना क्वारेन्टिनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्