चट्याङ लागेर लमजुङमा ३ विद्यार्थी घाइते, दुईको अवस्था गम्भीर
काठमाडौं, चैत ३ । लमजुङमा चट्याङ लागेर ३ विद्यार्थी घाइते भएका छन् । मंगलबार दिउँसो क्व्होलासोथार गाउँपालिका–४ भुजुङमा चट्याङ परेको थियो । यहि चट्याङमा अन्य २ जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर छ ।
भुजुङस्थित त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विनोद विश्वकर्मा, छविन्द्र गुरुङ र रेशबहादुर गुरुङ घाइते भएका हुन् ।
मंगलबार दिउँसो सवा ३ बजे परेको चट्याङबाट विद्यालयको छात्रावासमा पढिरहेका विद्यार्थी घाइते भएका हुन् ।
घाइतेमध्ये रेशबहादुरको हात चलेको छैन भने अन्य २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरुलाई उपचारको लागि हेलिकोप्टरमार्फत पोखरा लगिएको छ ।
घाइते विद्यार्थीको पोखरास्थित गण्डकी अस्पताल उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्