मिलको फित्तामा सल बेरिएर भोजपुरमा एक महिलाको मृत्यु

काठमाडौं, चैत १ । भोजपुरमा मिलको फित्तामा सल बेरियर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामप्रसादराई गाउँपालिका–१ ओख्रे कि ७६ वर्षीया कुमारी बानियाँ रहेकी छन् ।

उनको धान कुट्ने मिलको फित्तामा सल बेरिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

शनिबार साँझ ५ बजे सोही स्थानमा रहेको योगेन्द्र राईको विद्युतीय मिलमा धान कुटाउने क्रममा बानियाँले घाँटीमा लगाएको सल मिलको फित्तामा बेरिँदा गम्भिर घाइते भएकी थिइन् ।

उनको उपचारका क्रममा स्थानीय संगीता मेडिकल ओख्रेमा राति साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्