दाङमा ११ वर्षीय बालिका बलात्कृत, दुईजना पक्राउ
काठमाडौं, फागुन १९ । दाङमा ११ वर्षीय बालिका बलात्कृत भएकी छन् । दाङको बबई गाउँपालिकास्थित ट्वाङखोलामा ११ वर्षीय बालिका बलात्कारको शिकार भएकी हुन् ।
मंगलबार साँझ ६ बजेतिर दही किनेर फर्केकी बालिकालाई ट्वाङखोला भन्ने ठाउँमा १३ वर्षीय बालकले बलात्कार गरेका हुन् । यता बलात्कारमा संलग्न आरोपमा प्रहरीले १२ र १३ वर्षीय दुईजना बालकलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार ट्वाङखोला जंगलमा तरकारी खोज्न गएका दुई बालकले बालिका देखेपछि आक्रमण गरेका थिए । ईलाका प्रहरी कार्यालय खिलतपुरका इन्स्पेक्टर मोहन विक्रम केसी नेतृत्वको टिमले दुवै बालकलाई पक्राउ गरेको हो ।
बालिकासँगै गएका उनका भाइलाई एकजनाले हप्काउँदै घटनास्थलबाट लखेटेको र १३ वर्षीय बालकले चाहिँ बलात्कार गरेको पीडितले प्रहरीलाई बताएकी छिन् । बालिकालाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।
बालिकाको योनीबाट रगत बगिरहेको बताइएको छ । पछिल्लो समय बालिका बलात्कारको शिकारमा पर्ने क्रम बढेको छ । यस्ता अपराधीलाई सरकारले कारबाही गर्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्