धादिङमा ट्रक र मोटरसाइकल ठोक्किदा दुर्घटना , निलकण्ठ घर भएका बाबुछोरा को मृत्यु
काठमाडौं, माघ २९ । ट्रक र मोटरसाइकल ठोक्किदा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । धुनीबेंसी नगरपालिका खानीखोलामा ट्रक र मोटरसाइकल ठोक्किा हुन् ।
धादिङबाट काठमाडौँतर्फ जाँदै गरेको प्र ३ ०२ ००९प ८२३० नम्बरको मोटरसाइकल विपरीत दिशातर्फ जाँदै गरेको ना १ क ६५४७ नम्बरको मोटरसाइकल ट्रकसँग जुध्दा दुर्घटना भएको हो । दुर्घटनामा धादिङ, नीलकण्ठ नगरपालिका वडा नम्बर ५ का ६० वर्षीय बलराम अधिकारी र उहाँका छोरा ३० वर्षीय डा सुरेश अधिकारीको मृत्यु भएको हो ।
दुर्घटनापछि मोटरसाइकलमा आगलागी भएको तथा मोटरसाइकल चालक डा अधिकारी र उहाँका बाबु घाइते भएका थिए । घाइतेको उपचारका लागि लाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले दिए । यता सवारी साधन उछिन्न लाग्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्