बुटवलकाे प्लाष्टीक गोदाममा आगलागी

काठमाडौँ । गएराति बुटवलकाे एउटा प्लाष्टिक गाेदाममा अागलागी भएकाे छ । बुटवलको संगमपथमा रहेको युनाइटेड प्लाष्टीक इन्डष्ट्रीज प्रालिको शुभ गौतम इन्टरप्राइजेजको गोदाममा गएराति भिषण आगलागी भएको हाे ।

बुटवल , भैरहवा , परासी , बाणगंगाबाट आएका दमकल , प्रहरी , स्थानीय बासिन्दाले राति आगो नियन्त्रणमा लिएका थिए । आगलागीका कारण गोदाममा भण्डारण गरेको प्लाष्टीकका सामान जलेर नष्ट भएका छन् ।

आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्