कामबाट निकालिएका पत्रकारलाई फिर्ता बोलाउन माग
काठमाडौं, माघ २३ । विश्वभर फैलीएको कोरोनाको त्रास अझै पनि कायमै छ । यसको डर त्रासमा आमजनतचा अझै छन् । कोरोना भाइरसले देशको अर्थतन्त्र लगाएत अन्य क्षेत्रमा असर परेको छ । कोरोनाकै कारण धेरै बेरोजगार भए । रोजगार भएकाले पनि कोरोनाले गुमाउन पर्यो , यसरी कोरोनाले जनताको रोजी रोटी नै गुमेको थियो भने कतिपयको रोजगारी गयो ।
यसमा पनि केहि पत्रकारीता गर्ने पत्रकारमा पनि परेको थियो । धेरैले तलब दिन सक्दैनौ भन्दै काम बाट निकालेको समाचार पनि नआएका होइनन् । उनीहरुलेृ आन्दोलन समेत गरेका थिए । यसैबीच प्रगतिशील पत्रकार संघ, नेपालले कोरोना संक्रमणको बहानामा कामबाट निकालिएका पत्रकारहरुलाई काममा फिर्ता बोलाउन माग गरेको छ।
दाङको भालुबाङमा सम्पन्न संघको बैठकले कुनै पनि बहानामा श्रमजीवीहरुलाई कामबाट निकाल्ने वा पारिश्रमिक नदिने कुराको विरोध गरेको छ।समितिको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै संघका सचिव श्यामलाल पोखरेलले कामबाट निकालिएका पत्रकारहरुलाई काम गर्ने वातावरणसहित फिर्ता बोलाउन माग गरेका छन्।
बैठकले श्रमजीवि पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको तलब बिनासर्त उपलब्ध गराउन मिडियाहाउसहरुलाई आग्रह गरेको छ। पारिश्रमिक नदिने मिडियाहाउसहरुलाई दवाव दिने र कारवाहीको माग गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।
संघले सातवटै प्रदेश समितिको पुनर्गठनसमेत गरेको छ। यस्तै, महासंघको निर्वाचन तयारीका लागि अध्यक्ष उदय जिएमको नेतृत्वमा वार्ता समितिसमेत बनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदम प्रतिगामी र असंवैधानिक भएको ठहर गर्दै संसद पुनर्स्थापनामा जोड दिनुपर्ने विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्