बाल विवाह गरेको भन्दै बेहुला र बेहुली प्रहरी नियन्त्रणमा

काठमाडौं, माघ २३ । प्रहरीले बालबिवाह गरेको आरोपमा दाङमा बेहुलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही ९ बस्ने २८ वसन्त चौधरी रहेका छन् ।

चौधरीले केहि दिनअगाडि घोराही १० नारायणपुरकी एक बालिकासँग बाल बिवाह गरेका थिए । बाल बिवाहबारे स्थानीयले उजुरी दिएपछि बेहुला र बेहुलीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले बताए ।

पक्राउ परेका चौधरीले माघ १० गते नारायणपुरबाट बिहे गरेको र माघ २२ गते माइती पक्षले भित्र्याएको प्रहरीलाई बयान दिएका थिए । उनले बेहुलीलाई अभिभावकको जिम्मा लगाएर छाडिएको र बेहुला प्रहरी हिरासतमा रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । पछिल्लो समय नेपालमा बाल विवाह गर्ने बढ्दै जान थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्