अब ट्राफिक जरिवाना अनलाइनबाटै भुक्तानी गर्न सकिने

काठमाडौं, माघ २१ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार ट्राफिक जरिवाना अनलाइन भुक्तानीको उद्घाटन गरेको छ , योसँगै अब ट्राफिक जरिवाना अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ ।

बुधबारदेखि ट्राफिक जरिवाना अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था शुरु भएको
महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

आगामी दिनमा बैंकमा पुगेर जरिवाना तिरी भौचर लिएर ट्राफिक कार्यालयमा आउनुपर्ने अवस्थाको अन्त्य भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले बताए । सम्बन्धित सेवा प्रदायकबाट बैंकमा भुक्तानी पठाईदिएपछि ट्राफिकले सुचना प्राप्त गर्ने र कागजपत्र फिर्ता गरिने पनि उनले जनाकारी दिए ।

ट्राफिक जरिवाना ईसेवाबाट भुक्तानी गर्न सकिनेछ । ईसेवाबाट ट्राफिक जरिवाना भुक्तानी गर्नुले धेरैभन्दा धेरै सेवाग्राहीलाई लाभ पुग्ने सेवा प्रदायक कम्पनीले जनाएको छ ।

ट्राफिक प्रहरीले आफ्नो साधन, स्रोत र क्षमता अनुसार अन्य सेवालाई पनि क्रमशः प्रविधिमैत्री बनाउँदै लगिने जनाएको छ । यसरी अब ट्राफिक जरिवाना अनलाइनबाटै भुक्तानी गर्न सकिने भएपछि सहज र सजिलो हुने भएको छ । अब लाइन लागेर भुक्तानी गर्न पर्ने समस्या भने हटेको छ ।

 

प्रतिक्रिया दिनुहोस्