१०१ वर्षिया वृद्धाको आगोले जलेर मृत्यु
काठमाडौं, माघ १६ । खोटाङमा आगोले जलेर गम्भिर घाइते भएकी एक बुद्धाको मृत्यु भएको छ । गाईबस्तुलाई खोले पकाउनका लागि बालेको आगो ताप्नेक्रममा शरीरमा लगाएको कपडमा आगो लागेर गम्भिर घाइते भएकी खोटेहाङ गाउँपालिका–७ खोटाङबजार धनमुढाकी १०१ वर्षकी हिमादेवी अधिकारीको शुक्रबार मृत्यु भएको हो ।
बिहान गम्भीर घाईते भएकी अधिकारीको केही घण्टापछि मृत्यु भएको खोटाङबजारका वडाध्यक्ष शिवप्रसाद फुयाँलले बताए । उनी गाउँपालिकाभरीकै सबैभन्दा ज्येष्ठ नागरिककारुपमा सम्मानित वृद्धा हुन् । बृद्धअवश्थाका कारण बोल्न समेत नसक्ने अवस्थाका बृद्धा अधिकारी स्थानीय रामप्रसाद पौडेलको घरमा बस्दै आएकी थिईन् ।
शारीरिक असक्तताका कारण घस्रेर हिड्ने गरेका बृद्धा अधिकारीलाई लुगा डढेको गन्धका आधारमा स्थानियले आगोले जलिरहेको अवस्थामा उद्धार गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्