आफ्नै १३ वर्षिया छोरी बलात्कार गर्ने बाबु पक्राउ

काठमाडौं, माघ ९ । बर्दियामा आफ्नै १३ वर्षिया  छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाबु पक्राउ परेका छन् ।

प्रहरीले गुलरिया नगरपालिका–९ बस्ने ३१ वर्षीय पुरुषलाई पक्राउ गरेको हो । सीमा प्रहरी चौकी मथुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय आफ्नै नता र आफेनैबाट बालिकाहरु बलात्कारको शिकार भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्