नेपाली सेनामा फेरि घटायो पेन्सनको समयावधि

काठमाडौँ, माघ ७ । नेपाली सेनामा सेवा प्रवेश गरेको १६ वर्षमा नै पेन्सन हुने व्यवस्था फेरि कायम गरिएको छ ।

यसअघि १६ वर्षमा नै पेन्सन पाइने व्यवस्थालाई २० वर्ष बनाइएकोमा फेरि १६ वर्षमा नै झारिएको हो । यो व्यवस्था कार्यान्वयनमा आएसँगै अब फलोअर्स र सिपाहीको पेन्सन, सेवा प्रवेश गरेको १६ वर्षमा नै हुने भएको छ ।

नेपाली सेनाले सैनिक सेवा नियमावली तेस्रोपटक संशोधन गर्दै फलोअर्स र सिपाहीको पेन्सन १६ वर्षमा हुने नियम लागू गरेको हो।

नयाँ नियमावली अनसार ०६० साल वैशाख २८ गते र सो भन्दा पछि नेपाली सेनामा भर्ना भएका फलोअर्स र सिपाहीको पेन्सन अवधि १६ वर्ष बनाएको छ ।

सिपाहीजस्तै अन्य दर्जाकाको पनि पेन्सन अवधि परिमार्जन गरिएको छ । नियमावलीअनुसार, अब सहायक सेनानी र सोभन्दा माथिको पेन्सन २० वर्षमा हुनेछ।

सुवेदार, प्रमुख सुवेदारको १९, जमदारको १८ र प्युठ, अमलदार तथा हुद्दाको सत्र वर्ष कायम गरिएको छ । यसले नेपाली सेनामा तल्लो दर्जामा कार्यरतहरूलाई राहत मिलेको छ ।

प्रतिक्रिया दिनुहोस्