ललितपुर मालपोतका नासु र लेखापढी व्यवसायी ४० हजार घुससहित पक्राउ

काठमाडौँ , माघ ७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर मालपोतका नासु र लेखापढी व्यवसायीलाई घुससहित पक्राउ गरेको छ ।

अख्तियारले ललितपुर मालपोतका नायब सुब्बा मन्दिप कुमार श्रेष्ठ र लेखापढी व्यवसायसमेतको काम गर्ने रमेशलाल श्रेष्ठले सेवाग्राहीको जग्गा हालसाविकको क्रममा ट्रायल चेक गर्दा नक्सा अनुसार क्षेत्रफल बढी भएको भनी सो मिलाउनको लागि लिएको ४० हजार घुससहित पक्राउ गरेको जनाएको हो ।

दुवैलाई रकमसहित ललितपुरको लगनखेल बसपार्क नजिकबाट नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्