नेपाली र भारतीय नक्कली रुपैयाँसहित दुई जना पक्राउ

काठमाडौं । नेपाली र भारतीय नक्कली नोटसहित प्रहरीले सिरहाको नरहा गाउँपालिका–१ स्थित नयाँ चोहर्वा चौकबाट दुई जनालाई पक्राउ गरेको छ।

एक हजार दरको १५ वटा नक्कली नेपाली रुपैयाँ र दुई हजार दरको तीन वटा नक्कली भारतीय रुपैयाँसहित नरहा गाउँपालिका–२ निवासी ३२ वर्षीय रोशनकुमार यादव र धनुषाको शहीदनगर नगरपालिका–२ निवासी १६ वर्षीय महेशकुमार यादव पक्राउ परेका हुन्।

नयाँ चोहर्वा चोकमा खटिएको प्रहरी टोलीले ज.५प ६२०९ नंको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त रकम फेला पारेपछि दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्