अब लाइसेन्स आवेदनको कोटा सिस्टम हट्ने
काठमाडौं, पुस २८ । अब लाइसेन्स आवेदनको कोटा सिस्टम हट्ने भएको छ । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन आवेदन फारम भर्न लागू गरिएको कोटा सिस्टम हट्ने भएको हो ।
यसको लागि सर्भरको क्षमता बढाउने, लोड म्यानेजमेन्ट लगायतको काम भइरहेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिएका छन् ।
‘सेवाग्राहीबाट फारम भर्न कठिन भयो भन्ने गुनासो धेरै आएक कारण यो सिस्टम हटाउन लागेको हमालले बताए । तयारी पूरा भए बिहीबारबाट अनलिमिटेड बनाउने र त्यो दिन सम्भव नभए आइतबारदेखि गर्ने उनले जानकारी दिए।
यसैबीच विभागका अनुसार सेवाग्राहीले बिहान ६ बजेदेखि राति १० बजेसम्म फारम भर्न सक्नेछन्।
प्रतिक्रिया दिनुहोस्