ट्रयाक्टरले किच्दा बालिकाको घटनास्थलमै मृत्यु
काठमाडौं, पुस २६ । धनकुटामा ट्रयाक्टरले किचेर एक बालिकाको मृत्यु भएको छ ।
धनकुटाको सिरवानीमा ट्रयाक्टरले किचेर धनकुटा ८ कि रेविका राईको घटनास्थलमै मृत्यु भएको हो ।
ट्रयाक्टरमा सामान अनलोड गर्ने क्रममा पछाडीको भागले किच्दा विद्यालय जाँदै गरेकी बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
चालक र ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख गोविन्द अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्