काठमाडौंबाट चितुवाको छालासहित ३ जना पक्राउ

काठमाडौं , पुस २६ । प्रहरीले काठमाडौंको शंखमुलबाट चितुवाको छालासहित तीनजनालाई पक्राउ गरको छ ।

पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका–३ घर भई बौद्ध बस्दै आएका २८ वर्षीय अर्जुन जिरेल, दोलखाकै जिरी नगरपालिका–३ घर भई भक्तपुरको नयाँवस्ती वस्ने ४८ वर्षीय जयवहादुर जिरेल र कैलालीको धनगढी नगरपालिका–७ का २२ वर्षीय राज कँडेल रहेका छन् ।

दुर्लभ वन्यजन्तु चितुवाको छाला बेचबिखन भइरहेको छ भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौवाट खटिएको बिशेष टोलीले उनीहरुलाई पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–१० शंखमुलबाट आइतबार नियन्त्रणमा लिएको डीएसपी प्रमेश विष्टले जानकारी दिए ।

साथै उनीहरुको साथबाट १ चितुवाको छाला बरामद पनि गरिएको छ । नियन्त्रणमा लिएका तीन जनालाई आवश्यक कारबाहीका लागि चितुवाको छालासहित जिल्ला वन कार्यालय काठमाडौं पठाइने डीएसपी विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्