३२ लाख रुपैयाँसहित एकजना पक्राउ

काठमाडौं, पुस २६ । प्रहरीले स्रोत नखुलेको करिब ३२ लाख रुपैयाँसहित एकजनालाई सिराहाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिराहा नगरपालिका-२२ हकपाराका शिवनाथ यादव रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ती व्यक्तिलाई प्रहरी चौकी लगडीगोठबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ३९ वर्षीय यादवलाई सिराहा नगरपालिका-२१ बाट नियन्त्रणमा लिएको हो ।

सिराहाका प्रहरी प्रवक्ता शालिग्राम शर्माले दिएको जानकारी अुनसार यादवको साथबाट कपडाको झोलामा राखिएको स्रोत नखुलेको ३१ लाख ८९ हजार रुपैयाँ बराबद गरिएको हो ।

पक्राउ परेका यादवलाई उक्त रकमसहित आवश्यक थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्