छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं । झापाको छुट्टाछुट्टै स्थानमा आईतबार साँझ भएको सवारी दुर्घटनमा परी दुई जनाको मृत्यु भएको छ ।

ती दुर्घटनामा अन्य तीनजना घाइते भएका छन् ।

मेचीनगर नगरपालिका–१५ मिलन चौकमा आइतबार साँझ ६ बजे मे१त ४०९४ नम्बरको ट्याक्टरले मे२प १८८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल पछाडी सवार रहेका मेचीनगर नगरपालिका १५ बस्ने १७ वर्षीय मुक्तिराज थिङलाबु ९लिम्बु० को घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका २४ वर्षीय कृष्ण श्रेष्ठ गम्भीर घाइते भएका छन् । श्रेष्ठको ओमसाई पाथिभरा अस्पतालाम उपचार भईरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न ट्याक्टर चालकलाई प्रहरी चौकी ज्यामिरगढीले नियन्त्रणमा लिएको छ ।

यता शिवसताक्षी नगरपालिका १० किराँत चौकमा आईतबार प्रहरीको क्युआरटी मोटरसाइकलसँग अर्को मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु भएको भने प्रहरीसहित दुई जना घाइते भएका छन् ।

साँझ करिब ६ः३० बजे गस्तीमा रहेको बा२ब ११६२ नम्बरको मोटरसाइकलसँग भारतीय नम्बर युपि–३२–जियु ४६७५ नम्बरको मोटरसाइकल ठोक्किंदा उक्त मोटरसाइकल चालक ईलाम नगरपालिका ३ बस्ने २६ वर्षीय गंगा गुरुङको उपचारका लागि बिएण्डसी अस्पताल लैजानेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल पछाडी सवारी ईलाम फाकफोकथुम गाउँपालिका ६ बस्ने १८ वर्षीया टिका गुरुङ र प्रहरी सहायक निरीक्षक रेवत प्रसाद दाहाल घाइते भएका छन् । उनीहरुको बिएण्डसी अस्पतालमा उपचार भईरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्