फरवार्ड माइक्रोफाइनान्स र गणपति लघुवित्तले प्रस्ताव गरे लाभांश

काठमाडौं, २३ पुस । फरवार्ड माइक्रोफाइनान्स र गणपति लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेका छन् ।

फरवार्ड माइक्रोफाइनान्सको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र कर सहित ६.५८ प्रतिशत नगद लाभांश गरी कुल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

त्यसैगरि गणपति लघुवित्त वित्तीय संस्था सञ्चालक समितिको पुस २२ गते बुधबार बसेको बैठकले १५ प्रतिशतका दरले हुन आउने १ करोड ६६ लाख रुपैयाँ बराबरको बोनस र बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.७९ प्रतिशत अर्थात ८ लाख ४३ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्