नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ माघ २ देखि बिक्री खुला

काठमाडौं, २१ पुस । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आउदो माघ २ गते आईपीओ निष्काशन गर्ने भएको छ । बैंक ८ अर्ब रुपैयाँको १०० रुपैयाँका दरले ८ करोड कित्ता शेयर निष्काशनमा ल्याउने भएको हो ।

बैंकले अधिकृत पूँजी ४० अर्ब, जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रहेको छ । ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेपछि बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ ।

बैंकले आईपीओ निष्काशन प्रयोजनका लागि क्रेडिट रेटिङ्ग  गरेको छ । इक्रा नेपालले बैंकलाई ‘इक्राएनपी आईआर त्रिपल बी’ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तिय अवस्था मध्यम रहेका रहेको जनाउँछ ।

काठमाडौंमा केन्द्रीय कार्यालय रहेको इन्फ्रास्ट्रक्चर बैंकले जारी गर्न लागेको यो आइपीओ नेपालमा जारी हुन लागेको सबै भन्दा ठूलो आइपीओ हो । छिटोमा माघ ६ गतेसम्म र पर्याप्त आवेदन नपरे खण्डमा माघ १६ सम्म आवेदन दिन सकिने छ । यस आइपीओको प्रत्याभूतकर्तामा नागरिक लगानी कोष रहेको छ भने शेयर निष्काशन तथा तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्