छुरा प्रहार गरी लुटपाट, दुई जना पक्राउ

काठमाडौं, पुस २१ । सुनसरीमा छुरा प्रहार गरी लुटपाट गरिएको छ । लुटपाटमा संलग्न रहेका दुई जनालाई प्रहरीले पक्राउ समेत गरेको छ।

इनरुवा नगरपालिका ९ मा अज्ञात २ जना मानिसहरुले इनरुवा २ का अजय पन्डितलाई छुरा प्रहार गरी यही पुस गत पुस १७ गते नगद तथा मोवाइल लुटेर फरार भएका थिए । पछिल्लो समय यस्ता चोरीका घटना बढिरहेका छन् ।

पक्राउ पर्नेमा सुनसरी देवानगन्ज गाउँपालिका ५ का २२ वर्षीय गजेन्द्र प्रसाद ठाकुर र सप्तरी महदेवा गाउँपालिका ५ तोपाका २१ वर्षीय मुकेश मण्डल रहेको प्रहरीले जनाएको छ । उनीहरु इटहरीमै बस्दै आएका थिए।

जिल्ला अदालत सुनसरीबाट म्याद लिई अनुसन्धान अगाडि बढाइएको सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले बताए।

प्रतिक्रिया दिनुहोस्