१०५ किलो गाँजासहित सातजना पक्राउ

काठमाडौं, पुस १९ १०५ किलो गाँजासहित ७ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो काठमाडौं तथा मातहत शाखा कार्यालय पर्सा वीरगन्जबाट खटिएको संयुक्त प्रहरीले वीरगन्ज महानगरपालिका २१, लालबाट १०५ किलो अवैध लागुऔषध गाँजा ९चिप्पड० सहित सात जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका १९ बस्ने २४ वर्षीय विजय तामाङ, सोही ठाउँका ३२ वर्षीय लक्ष्मण सिटौला, १८ वर्षीय किशोर, कैलाश गाउँपालिका १० का २६ वर्षीय रामलाल गोले, धादिङ बेनीघाटरोराङ गाउँपालिका १ का ३७ वर्षीय नीरज लामा, चितवन राप्‍ती नगरपालिका २ का ५० वर्षीय सानुलाल तामाङ र पर्सा सखुवा प्रसौनी गाउँपालिका ३ का ५१ वर्षीय सहिद मियाँ आलम रहेका छन् ।

प्रहरी टोलीले शंकास्पद अवस्थामा सडकमा रोकी राखेको ना।४ख ६५२५ नम्बरको ट्रकलाई जाँच गर्दा लुकाई राखेको अवस्थामा गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्