शहरी विकास मन्त्री प्रभु साहको गाडी पैदल यात्रुलाई ठक्कर दिएर भाग्यो

काठमाडौं, पुस १८ । शहरी विकास मन्त्री प्रभु साह सवार ना १ झ ३८४२ नम्बरको गाडी ठक्करबाट एकजना पैदल यात्रु घाइते भएका छन्। सर्लाही, हरिवनमा भएको दुर्घटनामा परी लालबन्दी नगरपालिका वडा नं। ८ चन्द्रपुरका ३० वर्षीय बच्चु तामाङ घाइते भएका हुन्।

घाइतेको अवस्था गम्भीर नभएको सर्लाहीका प्रहरी उपरीक्षक संतोष सिंह राठौरले जानकारी दिए। तामाङको हरिवनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा परेका व्यक्तिको उद्दार तथा अवस्थाबारे जानकारी लिनुको साटो मन्त्री साह सवार गाडी गन्तव्यतर्फ हुँइकिएको थियो। उनी रौतहटबाट महोत्तरीतर्फ कार्यक्रममा सहभागी हुन गइरहेका थिए।

प्रतिक्रिया दिनुहोस्